लुम्बिनी इन्स्युरेन्सद्वारा ७२ लाख बीमा दाबि भुक्तानी

संखुवासभा — लुम्बिनी इन्स्योरेन्स कम्पनी खाँदबारी शाखाले बीमितलाई दुर्घटनामा पूर्ण रूपमा क्षति भएको डोजरको दाबी भुक्तानी हस्तान्तरण गरेको छ। मङ्सिर १२ गते सिलिचोङ गाउँपालिका–३ मा भएको दुर्घटनामा डोजर पूर्ण रूपमा नष्ट भएपछि कम्पनीले ७२ लाख ५० हजार बराबरको बीमा दाबी रकम प्रदान गरेको हो।

उक्त रकम मंगलबार खाँदबारीमा आयोजित एक विशेष कार्यक्रममा बीमित संस्था सितला जाल्पा देवी कन्स्ट्रक्सन, षडानन्द–२, भोजपुरलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको शाखा प्रबन्धक दुर्गाप्रसाद गौतमले जानकारी दिए। 

दुर्घटनापछि आर्थिक रूपमा ठूलो क्षति बेहोर्नुपरेको अवस्थामा बीमा कम्पनीबाट समयमै दाबी भुक्तानी प्राप्त हुँदा निर्माण व्यवसायीलाई राहत मिलेको छ। कार्यक्रममा बोल्दै शाखा प्रबन्धक गौतमले बीमाको महत्वबारे प्रकाश पार्दै जोखिम व्यवस्थापनका लागि बीमा अनिवार्य रहेको बताए। “अप्रत्याशित दुर्घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न बीमा सबैभन्दा भरपर्दो माध्यम हो,” उनले भने।

बीमित पक्षका प्रतिनिधिले पनि कम्पनीप्रति आभार व्यक्त गर्दै समयमै दाबी भुक्तानी प्राप्त हुनु व्यवसाय निरन्तरताका लागि महत्वपूर्ण रहेको बताए। उनीहरूले अन्य व्यवसायीलाई पनि आफ्नो सम्पत्ति तथा उपकरणको बीमा गर्न आग्रह गरे।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

↑