डा. मातृका तिम्सिना र भबिन्द्र अधिकारी : विदुषी योगमाया हिमालयन आयुर्वेद वि वि 

1. माननीय शिक्षा मन्त्रीज्यू 

2. कोशि प्रदेश सरकारका मुख्य मन्त्रीज्यू

3. ⁠पूर्ब माननीय श्री राजेन्द्र गौतमज्यू

4. ⁠कुलपति डा. रमेश ढुंगेलज्यू 

6. माननीय राजेन्द्र कार्कीज्यू 

7. माननीय बिदुर सुब्बाज्यू 

8. जि स स प्रमुख सुमन शाक्यज्यू 

9. रजिष्टार श्रीमान् डम्बर चेम्जोङज्यू 

10. खादबारी नगरपालिकाका नगर प्रमुख श्री महेश थपलियाज्यू लगायत कार्यपालिकाका सदस्यज्यूहरु 

11. जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनीधिज्यूहरु, जिल्लालाई माया गर्ने नेपालसरकारका बिभिन्न पद, भूमिका र ओहदामा रहनु भई हाल जिल्ला बाहिर रहनु भएका आदरणिय ब्यक्तित्वहरु, बिद्वत बर्गहरु, मिडिया कर्मीज्यूहरु र नागरिक समाजका अगुवाहरु ! 

सबैमा नमस्कार ।

 

केही हप्ता पहिले विदुषी योगमाया हिमालयन आयुर्वेद वि वि को अध्यक्ष पद रिक्त भयो । जो खादबारी नगरपालिकाबाट वि वि परिषद सदस्यमा प्रतिनिधित्व गर्नु हुन्थ्यो तेस्तै कोशि प्रदेस सरकारले मननोनित गर्ने अर्को १ सदस्य समेत २ सदस्य पद रिक्त भएको छ । 

यसै सन्दर्भमा तपाईंहरुसंग योगमाया विश्विविद्यालयका बारेमा केही कुराकानी गर्नु पर्ने भएकोले यसमा तपाईंहरूको भूमिका परिणाममुखि गोरेटो हुने विश्वास छ | सबै जोगी कानै चिरेको भनेर कसैले नाक खुम्च्याउने मौका नपाउन् भनेर कामनाका साथ यो अनुरोध गरेको हुँ |

 

यसमा मैले तपाईं/तपाईंहरूलाई नभन्दा पनि हुने एउटा सन्दर्भ पुनःस्मरण गराउन चाहन्छु - 

योगमायाको बारेमा नेपाली समाजलाई २०४६ सालपछि सूचित गराउने व्यक्ति हुन् मातृका तिम्सिना | योगमाया र विश्वविद्यालयको बारेमा काँधमा झोला बोकेर हिंडेका मातृकाजीलाई मैलेभन्दा तपाईंले नै राम्रोसँग चिन्नुहुन्छ होला | उनको यो झोला अजै बिसाएका छैनन् | 

 

लिखित इतिहास पनि पर्याप्त नलेखिएको र श्रुती इतिहासका स्रोतहरू पनि कमजोर हुँदै गएको समयमा मातृका तिम्सिनाले योगमायाको आन्दोलनको अष्पष्ट गोरेटो फेला पारेका थिए | संयोग के हो भने अरुण नदी किनारकी तपस्विनी थिइन् योगमाया भने तिम्सिना पनि अरुण नदीकै पानी पिएर अरुण उपत्याकै आसपासमा हुर्केका हुन् | अरुण उपत्यकाको समाज-सभ्यता,जनजीवन,संस्कृति,इतिहासको अध्ययन-अनुसन्धान तथा यस भेकको पत्रकारिता,शिक्षा,राजनीति र विकाशका अभियानमा पनि तिम्सिना अहिले पनि barefoot volunteer (खालिखुट्टे स्वयंसेवक) कोरुपमा अग्रसर छन् | 

 

योगमाया विश्वविद्यालय स्थापना र संचालक समितिको पहिलो नीति निर्माणको कुनै जिम्मेवारीमा उनको सहभागिता हुनसकेको भए व्यक्तिगतरुपमा मातृकाले कुनै भूमिका निर्वाह गर्न सक्थे वा सक्दैनन् भनेर भन्न सकिन्न | यसमा उनको रुची वा यसका मापदण्डहरूमा उनको गणना हुनसक्छ सक्दैन भनेर म यकिन पनि छैन तर जुन कामका लागि उनले करिव ३०-३५ वर्ष काँधमा झोला बोकेर हिंडेको थियो र अहिले पनि हिंडिरहेकै छ,उसैलाई बाहिर राख्नु भविष्यमा पनि यस्ता कामका स्वयँसेवीहरूलाई प्रोत्साहन नहुनसक्छ | 

 

तपाईं हामी सबै एउटै छानो मुनी एउटै मानो मुठ्ठी बाँडेर एउटै कुवाको पानी खाएर हुर्केका हौं | कोही १९-२० हुनसक्छ तर कोहीसँग रामवाण पनि छैन | मलाई थाहा छैन, अहिले आएर उनको रुची केही छ वा छैन तर मलाई लाग्छ,यसमा उनलाई बाहिर पार्नु अन्याय नै हुन्छ | समय र भूमिकाको पनि गणना हुनसक्छ । यो स्थापनाकालको जुन संरचना छ,त्यसभित्र उनलाई राख्ने नसकिने वा राखेमा हानी नै हुने चैं केही छैन जस्तो लाग्छ | विश्व विद्यालयमा रहेका अर्जुनजी, रमेशजी, डम्बर जी र तपाईंहरु यो विषयमा जानकार हुनुहुन्छ नै तर कहाँ के खाप्चे परेको हो ? हामी हिंडेको बाटो कुन हो र हामीले जित्ने युध्द के हो भनेर नेपाली समाजले थाहा नपाऐकै परिणाम हामी भूपी शेरचनका कविताका 'हामी' हौं | हामीलाई अरुले नै मिलाइदिने,छुट्याइदिने र हुत्याइदिने ! 

 

मैले अहिलेको विश्वविद्यालयको अवस्था र दृश्यमा देखिएका छायाँहरू हेरेर यो व्यक्तिगत अनुभूति प्रकट गरेको हुँ | मातृका स्वयम् के चाहन्छन् भनेर मलाई थाहा छैन | मैले एकपटक उनलाई सोधेको थिएँ, विश्वविद्यालय संचालक समिती ( विश्वविद्यालय परिषद) मा तपाईंलाई देखिन नि ? उनले भने 'विश्वविद्यालय बन्नुपर्छ भनेर पो मैले भनेको हुँ | विश्वविद्यालय जसले बनायो उसैले यो समिती पनि बनाएको हो | उहाँहरूले मलाई चिन्नुहुन्छ |' 

 

 मलाई लाग्छ- मातृका समय र उमेरले पनि हामीले सम्झन,सम्मान गर्न र उनको मानार्थ भूमिका खोज्न पर्ने व्यक्तिहरूमध्ये एक हुन् र योगमाया विश्वविद्यालयका लागि विशेष प्राथमिकतामा पर्नु पर्ने हो | 

 

आज भन्दा ११ बर्ष अगाडि (२०७१ साल) देखि अभियन्ताको रुपमा वि.वि. स्थापनामा लाग्नु हुने नायक हुन् मातृका तिम्सिना, भबिन्द्र अधिकारी । यस्ता पात्रलाई वि वि. को जिम्मेवारी र भूमिकामा पाउनु यो.वि.वि. अगाडि बढ्नु र बढाउनु हो । उहाँहरुको साथ र संरक्षकत्व पाएर २०७१ साल देखिनै यो वि वि को सबै अभियान र आन्दोलन मैले चलाएको हो । यि सबैभन्दा माथिको संरक्षक हुनुहुन्छ हुनुहुन्छ दिनेश थपलिया, मा. प्रेम राई र नेपाल सरकारका पूबसचिब सूर्य गौतम । हामिले ठूला ठूला राष्ट्रिय स्तरका कार्यक्रम र कार्यशाला बैठक सम्पन्न गरेका थियौं । 

२०७१ सालमा राष्ट्रपति बिद्या भण्डारीसंग भेट गरेर यो अभियानलाई ओैपचारिक थालनी गरेका थियौं । राष्ट्रपति निवासमा भेट्ने चाँजोपाँडो भबिन्द्रले मिलाउनु भयो । अनि मैले फोन गरेर डा. रमेश ढुंगेल, डा बिना राई, मा. पूर्ण प्रसाद राई, डा. दिपेश न्यौपाने, मेघराज अधिकारी, हेदाङ्नाका भिम राई, दिदिङका गजेन्द्र राई (हाल स्वर्गिय) लाई बोलाएर उहाँहरु समेत लिएर बिहान ८:०० बजे राष्ट्रपतिकोमा गयौं । १५ मिनेट समय पाएका थियौं तर राष्ट्रपतिज्यूबाट बहुत चासो र हौसला प्रदान गर्दै हामिलाई करिब २ घण्टा समय दिनुभयो । मेरो त्यहि दिनको तुम्लिङ फर्कने हवाई टिकट थियो, मैले प्लेन छुट्यो। यसपछि अरुण उपत्यकामा वि वि स्थापना गर्नु पर्छ भन्ने नारा लिएर हामी लागिरह्यौं । जि स स प्रमुख सुमन शाक्यको २०७४ साल देखि साथ र अभिभावकत्व पायौं । यहि समय देखि भोजपुर तिरका अगुवाहरु निनु चापागाई, मुकुन्दबहादुर बस्नेत, सुधन किराँति, नरेन्द्र बस्नेत, राजेन्द्र राई, सुरेन्द्र उदास, लगायतको साथ पायौं । सङ्खुवासभाबाट पर्शुराम मेघि गुरुङ, मुक्तिसिंह राई, महेश थपलिया, राजेन्द्र गौतम, दिपक खड्का, पद्मकेशर कार्की, बबिता कार्की कटुवाल, मुरारी खतिवडा, राजेन्द्र थापा, सुमन श्रेष्ठ, ध्रुबकुमार गान्छाकी लगायत सबैको साथ पायौं । यसबाट हामी उत्साहित हुँदै गयौं । हिमालय किरण पब्लिक क्याम्पस परिवारको साथ सहयोग बिर्सनै नसकिने र अतुलनीय छ ।त्यस्तै अन्य पात्रहरु जोडिदै जानुभयो पछि अरुण उपत्यकाका स्थानिय तहहरुका प्रमुख र जिसस प्रमुखहरुलाई पनि जोड्यौं । यो आन्दोलन सफल भयो । निरन्तर ११ बर्ष लाग्यो परिणामत : वि वि को केन्द्रिय कार्यालय खादबारीमा रहने सपना पुरा भयो । यहाँ भित्रका संघर्ष र अन्तरकथा धेरै छन् । यो कसैले किस्तिमा राखेर थपक्क दिएको चिज हैन भन्ने कुरा मात्र मैले स्मरण गराएको हुँ । यहाँ योगदान गर्ने धेरै आदरणिय ब्यक्तिहरुको नाम उल्लेख भएको छैन । फेसबुकमा लेखेर साध्ये पनि छैन । यसका लागि म माफि चाहन्छु, नरिसाई दिनु होला तर कुनै दिन यसका संघर्षका किताब लेखिनेछ । म अनुरोध मात्र गर्दछु । ????

 

मलाई वि. वि. मा कुनै भूमिका चाहिएको छैन, माग्दिन पनि किनकी म नोकरीमा छु र खुसि छु तर मातृका र भबिन्द्रमा वि वि फलाउने फुलाउने हुटहुटी छ र दुबैजना फुर्सद हुनुहुन्छ । उहाँहरुलाई वि वि को कुनै न कुनै जिम्मेवारी र भूमिकामा ल्याउनु पर्छ भन्ने मेरो आग्रह छ । अहिले विश्वविद्यालयमा के भईरहेको छ ? तपाईहरुले अनुभूति गर्नु भएकै छ । 

 

हामीले समाज निर्माण एकल नायकीमा भएको भनेर पढेर र बुझेर आयौं | हजुरहरुको अनुभव र अध्ययन फरक हुनसक्छ। समाज सामुहिक नेतृत्व र बहुविविध चरित्रबाट निर्माण भएको हो | 

 

निशर्त तथा निःस्वार्थ यी पंक्तिमा परेका शब्द शैली र सन्देशमा केहि अन्यथा परे क्षमा प्रर्थी छु |

हाम्रो सनातन संस्कृति भन्छ- वादे वादे जायते तत्व बोध |

म ठान्छु, विज्ञेषू किमाधिकम् !

 

सम्वाद नियमित हुँदै गरोस् है |

 

  -- शुभकामनासहित,

    दिनेश कट्टेल, खाँदबारी ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

↑